Logo

उडान भर्ने क्रममा विमानमा आगलागी, सवार २१ यात्रु सुरक्षीत



काठमाडौं, ३ कात्तिक । अमेरिकाको टेक्सस राज्यको ह्युस्टन विमानस्थलमा विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा परि २१ जना यात्रु घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरुले लेखेका छन् ।

म्याकडोनल डगलस एमडी–८७ जहाज ह्युस्टन एक्जिक्युटिभ विमानस्थलमा मंगलबार बिहान १०ः०८ बजे उडान भर्ने क्रममा विमानमा आगो लागेको थियो ।

विमान दुर्घटनामा विमानमा सवार सबै २१ यात्रुहरू सकुशल रहेको साथै उनीहरु सामन्य घाइते मात्रै भएको संघीय उड्यान प्रशासनले जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्