Logo

सम्पर्कविहीन बनेका तीनको सकुसल उद्धार



कैलाली, ३ कात्तिक: कैलालीमा माछा मार्न गई सम्पर्कविहीन भएका तीन जनाको आज सकुसल उद्धार गरिएको छ ।

सोमबार दिउँसोको समयमा माछा मार्न भनि कर्णाली नदीमा गई सम्पर्कविहीन भएका लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, सोही ठाउँका विक्रम घर्ती मगर र खडक डाला मगरलाई सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

जिल्लाको जानकी गाउँपालिका–९ र बर्दिया जिल्लाको बीचमा पर्ने कर्णाली नदीको लालमटिया टापुमा तीनै जनालाई सकुसल फेला पारी उद्धार गरिएको बताइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्