अमेरिकी राजदूत बेरीद्वारा मुस्कान खातुनलाई ‘इन्टरनेशनल वुमेन अफ करेज’ पुरस्कार प्रदान


काठमाडौँ, ३ कत्तिक। नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले मुस्कान खातुनलाई ‘इन्टरनेशनल वुमेन अफ करेज’ पुरस्कार प्रदान गरेका छन्। उक्त कार्यक्रममा मुस्कान खातुन र राजदूत बेरीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश संसद्बाट पारित गर्न नेताहरुलाई आग्रह गरेका थिए।

आज (बुधबार) फर्स्ट लेडी आरजु राणा देउवासहित विशिष्ट व्यक्तित्वको उपस्थितिमा मुस्कान खातुनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। उक्त कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल, नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालगायतको उपस्थिति थियो।-Photo Source: nepal.usembassy

Skip This