Logo

२०४७ सालको संविधानलाई टेकेर गरिएको सम्झौता अक्षरस पालनाको माग गर्दै, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले छठपछि आन्दोलन गर्ने



काठमाडौं, ३ कात्तिक । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले छठपछि देशभर आन्दोलन गर्ने घोषणा गरेको छ । मोर्चाले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर तत्कालीन राजा वीरेन्द्र शाह र दलहरुबीच भएको २०४७ सालको संविधानलाई टेकेर गरिएको ५ बुंदे सम्झौता अक्षरस पालन गर्न माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो ।

पुर्व राजा ज्ञानेन्द्र शाहले असोज २६ गते फुलपातीको दिन नेपाली जनताको नाममा दिएको शुभकामना र सन्देशले २०४७ सालको सम्झौताबारे उल्लेख गरेको भन्दै त्यसलाई पालन गरेर अगाडि बढ्न सरकारलाई आग्रह गरेको हो ।

कार्यक्रममा बोल्दै मोर्चाका कार्यकारीणी अध्यक्ष तारानाथ लुइटेलले राजनीतिक दलहरुले प्रजातान्त्रिक समाजवादको नारा लिएर जाने र जनताको समस्या, इच्छा आकांक्षालाई चुनावी एजेन्डा मात्र बनाउने गरेको आरोप लगाए । ‘पुर्व राजाले नेपाली दिदी–बहिनी तथा दाजु–भाईहरुको नाममा दिनु भएको शुभकामना सन्देश प्रति राष्ट्रिय जनआन्दोलन मोर्चा पुर्ण जिम्मेवारीका साथ एक्यबद्धता जनाउदै स्वागत र सम्मान गर्छ,’ उनले भने । उनले राजसंस्था बिनाको प्रजातन्त्र मुलुकमा सान्दर्भिक हुन नसक्ने जिकिर गरे । उनले भने,‘मोहन बैद्यले राजासहित प्रजातन्त्र आए स्वीकार गरिन्छ भनेका छन् ।’ राजा र दलबिचमा भएको ०४७ सालको संविधानलाई टेकेर गरिएको ५ बुंदे सम्झौता अक्षरस पालन गर्न उनले आग्रह गरे ।

लुइटेलले देशमा धर्म निरपेक्षतावादी शक्तिहरु विजयदशमी जस्ता चाँडहरु हाम्रो राष्ट्रिय एकताको संस्कारको आधार हो भन्न थालेको बताए । उनले नेपालको पुरानो अस्तित्व बचाउन सकिएन भने नेपालका राजनीतिक दलको अर्थ नहुने बताए । उनले भने, ‘फुलपातीको दिन राजाले सन्देश मार्फत प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्रमा रहेको बताउनु भएको छ ।’ उनले भने, ‘धर्म निरपेक्षता राष्ट्रिय एकता अखण्डता र स्वाभिमान होइन् ।’ हिन्दु राष्ट्र नेपाललाई काग्रेसले बाटो बिराएर मुलुकलाई दुर्घटनामा पु्र्याउन लागेको उनको आरोप लगाए । उनले भने, ‘आज कांग्रेसले विदेशीको बुई चढेर आजको स्थिति आएको छ ।’ देशको हितको लागि राजाको सन्देश रहेको उनले बताए । उनले राजाको सन्देशले सनातन आदर्शलाई उद्धरण गरिएको हो भन्ने मोर्चाको ठम्माई रहेको बताए। नेपाललाई द्धन्द्धमा धकेल्न एमसीसी सम्झौता गर्न लागेको उनको भनाई थियो ।

उनले गोलमेच सम्मेलन मार्फत अगाडी बढ्ने पनि बताए । मंसिर १२ गतेभित्र ७ प्रदेशमा संरचना गर्ने र अब चाडैनै ५ क्षेत्रमा आम विशाल जनसभा गर्ने बताए । अब छिट्टै कास्कीमा बृहत जनसभा गर्न लागेको जानकारी दिए । धर्मनिरपेक्षता हटाउनको लागि सडकमा आन्दोलनमा उत्रिनु लागेको उनको भनाई थियो । उनले आमसभाबाट देशका सम्पुर्ण जनतालाई राजाको सन्देश दिन लागेको समेत जानकारी दिए । विभिन्न जिल्ला र प्रदेशमा आमासभा गर्दै फागुन भित्रमा काठमाडौंमा लाखौ लाख जनता उतार्न चाहेको समेत बताए ।

त्यस्तै, मोर्चाका राष्ट्रिय अध्यक्ष शेखर जंग रायमाझीले मुलुक गम्भिर परिस्थितिमा गुज्रिएको बताए । राजा र राष्ट्रपतिको भ्रमण समयमा पुर्व राजाको भ्रमणमा राष्ट्रपतिको तुलनामा ब्यापक सहभागिता भएको उल्ल्लेख गरे । अहिले व्यापक रुपमा देशभर जनता राजाको पक्षमा उर्लिएको रायमाझीले बताए । उनले भने,‘अब नेपाली जनताले पुन राजतन्त्र मागिरहेको देखिएको छ ।’

जनताको चाहाना र भावनालाई बोक्ने नेपालीले राजा मागिरहेको उनको भनाई छ । देखिन्छ । उनले जनताको माग राजा ल्याउन सहयोगी बन्न आफुहरु लागेको जिकिर गरे । जसरी नेपाली जनता प्रजातन्त्रको पक्षधर छन् त्यसरी नै जनता राजाको पक्षमा भएको पनि उनले बताए । देशलाई सकटबाट मुक्त गर्न सत्ता पक्षले सर्वपक्षिय गोलमेच सम्मेलन गर्नेमा विश्वास ब्यक्त गरे । उनले तुरन्त राष्ट्रिय गोलमेच सम्मेलन गर्न सरकारसँग माग गरे ।

मोर्चाका सह–अध्यक्ष विष्णु भट्टराईले कार्यक्रममा बोल्दै तत्कालिन राजा ज्ञानेन्द्र शाहबाट देशबासीको नाममा जारी गरेको शुभकामना सन्देशलाई जिम्मेवारीको साथ हिन्दू धर्मालम्बी तथा सबै जनताहरुलाई यो जानकारी दिन कार्यक्रमको आयोजना गरेको बताए । उनले सवोच्च अदालतको सैवंधानिक इजलासले असार २८ गते परमादेश जारी गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विराजित गराएको उल्लेख गरे । भट्टराईले भने, ‘न्यायालयले संविधानको पालना नगरी प्रतिनिधी सभा र राजनैतिक दल र निर्वाचन आयोग समेतको कार्य आफै गरेपछि शक्ति पृथकीकरणको प्रजातान्त्रिक मुल्यको अवमुल्यन भएकै हो ।’

उनले सरकारले सिमानाको पीडा, जनताको समस्यालाई सम्बोधन नगर्दा पुर्व राजाको चित्त दुखेको जानकारी दिए । सरकारले जनताको समस्यालाई चुनावी एजेन्डामात्र सिमित बनाएको उनको आरोप थियो । उनले भने, ‘नेपालको राष्ट्रिय अखण्डता, स्वाधिनता, सम्प्रभुताको अनन्त निरन्तरताको वान्छनिय आवश्यकता हो ।’ उनले मोर्चाले मंसिर १२ गते सम्ममा सम्पुर्ण प्रदेशहरुमा आफ्नो संगठन विस्तार गर्ने जानकारी समेत दिए ।

यसैगरी, मोर्चाका उपाध्यक्ष कृष्ण गोपाल श्रेष्ठले पुर्व राजाले दशैको अवसरमा नेपाली जनतालाई शुभकामना र सन्देश स्वागत योग्य भएको बताए । अहिले राजनीतिक दलहरुले मुलुक बनाउने नाममा केही बाँकी नराखेको बताए । उनले भने, ‘मुलुकलाई बर्बाद बनाए । राजाले देश र जनताको समस्यालाई टुलुटुल हेरेर बस्न सक्नुभएको छैन् ।’ मुलुकको प्रगती र समृद्धि गर्नलाई सबैभन्दा पहिला देशको माया मनमा हुनुपर्ने उनको भनाई थियो । उनले अहिलेका भष्ट्रचारी, दलाली, बलात्कारीहरुलाई साङ्लाले बाधेर राखेर देश समृद्ध बनाउन खोजेको बताए । गणतन्त्रले अहिले राष्ट्रको समस्यालाई सम्बोधन गर्न नसक्ने स्पष्ट भएको उनको आशय थियो ।

बरिष्ठ उपाध्यक्ष विक्रम बमले आज मुलुकको अहिले विषम परिस्थितिको रहेको भन्दै भष्ट्राचार, बलात्कारमा देश चुलुम्म डुबेको बताए । उनले पुर्व राजाले देश र जनताको चिन्ता गरेको जानकारी दिए । राजाले सन्देश दिनुमा राजनितिक दलहरु पनि खुशी हुनुपर्ने उनको भनाई थियो । ‘सरकारले पनि त्यसमा प्रतिबद्धता जनाउनुपर्छ ।’ उनले भने, ‘राजाको सन्देशको पालना अक्षरस सरकारले गर्दैन भने हामी संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा देशब्यापी आन्दोलनमा जान्छ ।’ उनले छठपछि देशभर आन्दोलन गरेर असफल सरकारलाई चेतावनी दिने बताए । उनले एमसीसी सम्झौताले नेपालको आफ्नो अस्तित्व, सार्वभौम अधिकार नै अमेरिकी नियन्त्रणमा परेको देखिनाले सम्प्रभुता माथि आँच आउने बताए ।

कार्यक्रममा उपाध्यक्ष रजनी मल्लले पुर्वराजाले दिएको सन्देश सह्रानिय भएको भन्दै उनले राजनीतिक दलले पनि ऐक्यवद्धता जनाउन्ु पर्ने बताइन् । देशमा धर्मनिरपेक्षता आएदेखि असुरक्षित भएको उनको भनाई थियो ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष दिनेश कंडेलले देशमा भइरहेको अस्त्यब्यस्त बाट मुक्ति दिन पुर्वराजाको शभकामना सन्देशलाई स्वागत गर्न चाहेको बताए । राजाको मुखार विन्दुबाट आएको सन्देशलाई सारा जनतामाझ पुर्याउन संयुक्त मोर्चा लागि परेको उनले बताए । डुब्न लागेको देश बचाउनको लागि उनले जनआन्दोलन गर्नुपर्ने उनले धारणा राखे । उनले सबैलाई विचार र उद्देश्यको हिसाबले पनि एक ठाउँमा आएर मोर्चाबन्दी गर्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्