Logo

तालिवानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमण



३ कात्तिक : बुधवार अफगानिस्तानको राजधानी काबुलमा तालिवानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमणमा भएको छ । यसमा परी दुई लडाकू र चार जना विद्यालयका बालबालिका घाइते भएका छन् ।अपराधीहरुको खोज र अनुसन्धान सुरु गरिएको तालिवान आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सईद खोस्तीले एएफपीलाई बताएका छन् ।

प्रारम्भिक समाचारमा चार जना विद्यालयमा विद्यार्थी घाइते भएका अर्का एक अधिकारीले जानकारी दिएका थिए । एक प्रत्यक्षदर्शीले एएफपीलाई भने, स्थानीय समयानुसार बुधबार बिहान ८ बजे काबुलको पश्चिम भागमा रहेको देह मझाङ जिल्लामा अत्यन्त व्यस्त समयमा सो विस्फोट भएको थियो ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्