Logo

आर्यन खान जेल बस्नुपर्ने, अदालतद्वारा धरौटी निवेदन अस्वीकार



एजेन्सी, ३ कात्तिक । यतिबेला बलिउड स्टार साहरुख खानका छोया आर्यन खान निकै चासोमा परेका छन् । उनी लागूऔषधको मुद्दा झेलिरहेका छन् । मुम्बईको आर्थुर रोड जेलमा राखिएका आर्यन अझै केही समय रिहा नहुने भएका छन् ।

आर्यनले धरौटीमा रिहा हुनका लागि दर्ता गरेको निवेदनमाथि अदालतले फैसला सुनाएको छ । आज मुम्बईको विशेष अदालतले आर्यनको धरौटीमा रिहा हुनका लागि दर्ता भएको निवेदन अस्वीकृत गरेको छ । धरौटी निवेदन दिएका अरबाज मर्चेन्ट र मुनमुन धमेचाको पनि अस्वीकृत भएको छ ।

क्रुज जहाजमा रहेका अन्य १२ जनाले पनि धरौटीमा रिहा हुनका लागि निवेदन दर्ता गरेका थिए । उनीहरुको निवेदनमाथि भोलि सुनुवाई हुने इन्डियन एक्सप्रेसले जनाएको छ ।

२३ वर्षीय आर्यनसहित क्रुज जहाजमा रहेकाहरुलाई लागूऔषध अनुसन्धान ब्युरोले २ अक्टोबरमा पक्राऊ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्