Logo

नेप्सेमा आज उच्च अंकको बृद्धि, कारोबार भने बढ्न सकेन



काठमाडौ, ३ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज उच्च अंकले बृद्धि भएको छ । तर कारोबार रकम भने बढ्न सकेन । साताको चौथो दिन आज नेप्से ६० दशमलव ५६ अंकले बढेर २५ सय ७१ दशमलव ६६ विन्दु कायम हुँदा २ अर्ब ६७ करोड रुपैयाँमा कारोबार सिमित भएको हो ।त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ९ अंकले बढेर ४८४ दशमलव ५ उच्च बिन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज २१७ कम्पनीको ३४ हजार ६ सय ४४ पटक कारोबार भएर २ अर्ब ६७ करोड ९० लाख २८ हजार १५५ रुपैयाँ बराबरको ६१ लाख १ हजार ४ सय १४ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज आँखुखोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङखेला जल विद्युत कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, आज सबैभन्दा धेरैले एनआईबीएल प्रगति फण्ड, मिथिला लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त, साधना लघुवित्तको शेयर मूल्य घटेको छ भने सबैभन्दा धेरै नविल बैंकको कारोबार भएको छ । बैंकको आज ९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।



प्रतिक्रिया दिनुहोस्