Logo

बाढि/पहिरो र डुबानबाट मृत्यु हुनेलाई दुई लाख दिने सरकारको निर्णय



काठमाडौं, ३ कार्तिक । सरकारले बाढि/पहिरो र डुबानबाट निधन भएकाहरुको परिवारलाई तत्काल राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ । आज (बुधबार) अपरान्ह बसको मन्त्रिपरिषद् बैठकले पीडितहरूलाई तत्काल उद्धार गरी उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठकाअनुसार बाढि/पहिरो र डुबानमा परेर निधन हुनेलाई दुई लाख राहत दिने निर्णय भएको छ।  मन्त्री श्रेष्ठकाअनुसार बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भए २ लाख दिने, र २ जनाको मृत्यु भएको भए ३ लाख दिने, र ३ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय गरेको छ ।

त्यस्तै, घाइतेहरुको निःशुल्क उपचार गर्ने पनि निर्णय गरेको छ । बैठकले राहत र उद्दारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन सरकारी तथा निजी दुवै हेलिकप्टर प्रयोग गरिने पनि निर्णय गरेको छ । तस्विरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपालडट कम



प्रतिक्रिया दिनुहोस्