Logo

आज यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, ३ कात्तिक । आज २१७ कम्पनीको ३४ हजार ६ सय ४४ पटक कारोबार भएर २ अर्ब ६७ करोड ९० लाख २८ हजार १५५ रुपैयाँ बराबरको ६१ लाख १ हजार ४ सय १४ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको आज ९ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको हो । त्यस्तै, हिमालयन डिस्टीलरीको ७ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।

यसैगरी, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ७ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्