Logo

बाढि/पहिरो र डुबान क्षेत्र निरीक्षण गर्न प्रधानमन्त्री देउवा भोलि कैलाली र कञ्चनपुर जाँदै



काठमाडौं, ३ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि बाढि/पहिरो र डुबान प्रभावित क्षेत्रको निरीक्षणको लागि कैलाली, कञ्चनपुर जाने भएका छन् । कांग्रेस नेता एन.पी. साउदका अनुसार प्रधानमन्त्री देउवा भोलि त्यसतर्फ प्रस्थान गर्ने छन् ।

आजमात्रै सरकारले बाढि/पहिरो र डुबानबाट मृत्यु भएकाहरुलाई दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । परिवारमा एक जनाको निधन भएको भए दुई लाख दिने, दुई जनाको निधन भएको भए तीन लाख र तीन जनाको निधन भएको भए चार लाख दिने निर्णय भएको छ। file photo



प्रतिक्रिया दिनुहोस्