Logo

आज ६ सय जनामा संक्रमण पुष्टि, १३ जनाको निधन



काठमाडौं,३ कात्तिक। आज नेपालमा कोरोना भाइरसका ६ सय ६२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ७ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज ७ सय ५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८४ हजार १ सय ५५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआरबाट ५ सय ३४ र एन्टिजेन विधिबाट १ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज पछिल्लो २४ घन्टामा १३ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसंगै कुल मृतकको संख्या ११ हजार ३ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्