Logo

एमसीसीलाई लिएर प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल



काठमाडौं, ३ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले एमसीसीको विरोध गर्नेहरुलाई प्रधानमन्त्री देउवाले बखेडा झिक्ने केही तत्व भन्नु महाकाली सन्धी गरी राष्ट्रियताको तत्व नष्ट गर्ने दिमागकै उपज भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्-‘नेपालको स्वाधीनता विरोधी एमसीसी सम्झौताको विरोध गर्नेहरूलाई प्रमं देउवाले ‘बखेडा झिक्ने केही तत्व’ भन्नु महाकाली सन्धि गरी राष्ट्रियताको ‘तत्व’ नष्ट गर्ने दिमागकै उपज हो।राष्ट्रघाती प्रावधान नहटाई सम्झौता अनुमोदन गर्न एमसीसीसंग प्रश्न उत्तरको नाटक गर्नेहरू विदेशभक्तिका वाहक हुन्।’



प्रतिक्रिया दिनुहोस्