Logo

ग्रीन डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल



काठमाडौ, ४ कात्तिक । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कार्तिक १ गतेदेखि लागू हुने गरी बैंकको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्ती गरेको बैंकले जनाएको छ ।

बैंकको सञ्चालक समितिको बैठकको यस्तो निर्णयपछि अब बैंकको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू मुक्तिनाथ क्यापिटल लिमिटेड मार्फत हुनेछ ।



प्रतिक्रिया दिनुहोस्