Logo

च्याम्पियन्स लिगः बार्सिलोनाको पहिलो जित



काठमाडौं, ४ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले पहिलो जित निकालेको छ ।

समूह चरण अन्तर्गतको बुधबार राति भएको खेलमा युक्रेनी क्लब डायनामो किभलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले पहिलो जित निकालेको हो ।

खेलको ३६औं मिनेटमा बार्सिलोनाका जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका थिए । जुन गोल जितका लागि निर्णायक बन्यो ।

यस जितसँगै समूह ‘ई’मा रहेको बार्सिलोना ३ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । यस्तै ३ खेलमा १ अंक जोडेको किभ समूहको पुछारमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्