Logo

जनउत्थान सामुदायिक लघुवित्तले मृतकको परिवारलाई बीमा दावी रकम हस्तान्तरण गर्यो



काठमाडौं, ४ कात्तिक । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति बीमा दाबी रकम हस्तान्तरण गरेको छ । ओमसतीया गाँउपालीका वडा नं. १, पडसरी रुपन्देही स्थित शाखा कार्यालयमा आबद्ध (केन्द्र नं. ९४) आर्शिबाद बैकिङ्ग समुदायकी सदस्यस्व.श्री गीता गुरुङ्गको मृत्यु पश्चात नीजको श्रीमान रबिन्द्र कुमार थापालाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

गुरुङ्गको भदौ १० गतेका दिन ४७ वर्षको उमेरमा मृत्यु भएको थियो । स्व. गीता गुरुङ्ग यस संस्थामा २०७६÷०३÷१७ गतेबाट आबद्ध भई बचत तथा कर्जा कारोबारमा संलग्न रहेको र २०७७÷०५÷२५ गते एक लाख रुपैया कर्जा उपभोग गरेकोमा नीज सदस्यको मृत्यु पश्चात बीमा दाबीबाट १ लाख १० हजार प्राप्त भएकोमा नीजले उपभोग गरेको कर्जा मध्य बाँकी कर्जा रकम ६३,८२६ कट्टा गरी बाँकी नगद रकम ४६,१७४ हस्तान्तरण गरिएको हो ।
बीमा रकम हस्तान्तरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले मृतक सदस्यको श्रीमान रबिन्द्र कुमार थापालाई नगद हस्तान्तरण गरे ।



प्रतिक्रिया दिनुहोस्