Logo

आकाश खुल्यो, केही स्थानमा हल्का वर्षाको सम्भावना



काठमाडौं, ४ कात्तिक । केही दिनयता परेको वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ । तीन दिन अत्याधिक वर्षापछि आज देशका अधिकांश स्थानमा आकाश खुलेको छ । अझै पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल भारतको विहारमा रहेको न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ ।

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्