Logo

सुदुरपश्चिम अहिले महाविपत्तिमा छ, अवस्था भयावह छ : मन्त्री सोडारी (भिडिओसहित)



काठमाडौं, ४ कार्तिक । सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री दीर्घबहादुर सोडारीले अहिले सुदुरपश्चिम प्रदेशमा ठूलो अप्ठ्यारो सिर्जना भएको बताएका छन् । उनले सुदुरपश्चिममा अवस्था भयावह र महाविपत्ति रहेको बताए ।

उनले प्रदेशको मन्त्रिपरिषदले आवश्यक निर्णय समेत लिईसकेको बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले ३३ भन्दा बढि ठाउँमा उद्धार गरिएको सुनाए । उनले सडक आवागमनको समस्या रहेको र सञ्चार अवरुद्ध रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्