Logo

फोनपेले ल्यायो ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजना



काठमाडौं, ४ कात्तिक । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पुःन एक पटक ‘झट्ट ट्रान्सफर, चट्ट कार’ नयाँ योजना सार्वजनिक गरेको छ ।

कम्पनीको अनुसार सोमबारदेखि ८० दिनसम्म सञ्चालन हुने यो योजनामा फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सक्नेछन् ।

यस्तै, बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् । फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षपनि यो योजना सञ्चालनमा ल्याएको थियो ।

कम्पनीको अनुसार डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो वर्षपनि यस योजनालाई निरन्तरता दिइएको हो । फोनपेमार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर १० रुपैयाँमै सहज रुपमा रकम पठाउन सकिन्छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिने जनाएको छ ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म ५ लाख भन्दा बढी मर्चेन्ट रहेका छन् ।

एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्