Logo

सानिमा बैंकको शाखा अब मंगलबजार र बालकुमारीमा



काठमाडौं, ४ कात्तिक । सानिमा बैंकले ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा सुरू गरेको छ । मंगलबजार कार्यालयको ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले उद्घाटन गरेका हुन् ।

यस्तै, बालकुमारी कार्यालयको ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्यं र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले संयुक्तरुपमा गरेका हुन् ।

उद्घाटन् समारोहमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा ११४ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा छन् ।



प्रतिक्रिया दिनुहोस्