Logo

ओलीको प्रंशसामा ब्यस्त करिश्मा भन्छिन्, ‘बा यत्तिकै भएको होइन रहेछ’



काठमाडौं, ४ कात्तिक । नेपाली चलचित्रकी सदावहार अभिनेत्री हुन्–करिश्मा मानन्धर । उनले पछिल्लो समयमा चलचित्रमा काम नगरेको पनि धेरै भईसकेको छ । उनी भर्खर मात्र कक्षा १२ को परीक्षा सकेर फुर्सदमा छिन् ।

लामो समय अमेरिकाको बसाई पश्चात नेपाल आएकी करिश्माले डा.बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिबाट राजनीतिक यात्रा तय गरेकी थिइन् । तर, पार्टीप्रति असन्तुष्टि जनाउदै उनले २०७६ सालमा दलबाट अलग भईन् ।

केही महिनादेखि उनले पुर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रंशसा गर्दै आएकी छिन् । उनको कक्षा १२ को परीक्षाको समयमा ओलीले आफुलाई फोन गरेर शुभकामना दिएको भन्दै सामाजिक सञ्जालमा स्क्रिन सट समेत राखेकी थिइन् ।

फेरी मंगलबार करिश्माले असोज २४ गते फोन गरेको स्क्रिनसट राख्दै ‘बा यत्तिकै भएको होइन रहेछ’ लेखेकी थिइन् । उनले दुई पटक प्रधानमन्त्री भएर पनि ओलीले सामान्य कलाकारहरुलाई फोन गरेको भन्दै बुधबार ओली निवास बालकोट गएर भेट गरेकी छिन् ।

ओलीलाई भेट्न करिश्मासँगै गायिका कोमल वली र हास्य कलाकार जीतु नेपाल पनि गएका थिए । करिश्माको ओली प्रति झुकाव देखेर अब उनी एमाले प्रवेश गर्न लागेको पनि अड्कल गर्न थालिएको छ ।

करिश्माले एमाले नेता ओलीसँगको भेटपछि तस्विर शेयर गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्,‘उहाँको नजिक बसेर विविध विषयमा उहाँको बिचारहरु सुन्दा आनन्द आयो, सबै क्षेत्रका मानिसहरुलाई उत्तिकै महत्वका साथ लिनुभएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदर्णीय के.पी ओली ज्युलाई धेरै धन्यवाद ।’



प्रतिक्रिया दिनुहोस्