Logo

जाइन्ट टेक कम्पनी फेसबुकले आफ्नो नाम परिवर्तन गर्दै



एजेन्सी, ४ कात्तिक : सामाजिक सञ्जाल फेसबुक कम्पनीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । फेसबुकले कम्पनीको रिब्रान्डसँगै आागामी हप्तादेखि नयाँ नाम राख्ने योजना बनाएको हो।

फेसबुकका सीईओ मार्क जुकरबर्गले यही अक्टोबर २८ मा कम्पनीको नयाँ नाम र रिब्रान्डबारे उद्घोष गर्ने योजना बनाएको अमेरिकी टेक्नोलोजी वेबसाइट दी भर्जले जनाएको छ।

गत मंगलबार फेसबुकले आफ्नो कम्पनी विकास गर्न युरोपेली युनियनमा करिब १० हजार जागिरको पद खुलाउने घोषणा गरेको थियो। यस महिनाको सुरुवातमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टाको लागि बन्द भएको थियो। उक्त समयमा फेसबुकलाई आरबौको घाटा सहनु परेको थियो।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्