Logo

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै



काठमाडौं, ४ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (बिहीबार) दुई खेल हुँदैछ । युएई र ओमानमा जारी पहिलो चरण अन्तर्गत समूह ‘बी’ को दुबै खेल ओमानस्थित अल अमिरत क्रिकेट मैदानमा हुनेछ ।

पहिलो खेलमा बंगलादेशले पपुवा न्यू गिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । बंगलादेश सुपर १२ मा पुग्न आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ ।

साथै, पिएनजीले भने बंगलादेशलाई हराउँदै सुपर १२ मा पुग्ने सम्भावना जिवित राख्न चाहन्छ । यस्तै, आज हुने दोस्रो खेलमा ओमान र स्कटल्यान्ड भिड्दैछन् । ओमान स्थित अल अमिरत क्रिकेट ग्राउण्डमा हुने खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

यस खेलमा पनि दुबै टोली जित निकाल्दै अघिल्लो चरणको यात्रा तह गर्न चाहान्छन् । समूह ‘बि’मा रहेको स्कटल्यान्ड ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने ओमान २ अंक जोड्दै दोस्रो र बंगलादेश पनि समान २ अंकका साथ तेस्रो स्थानमा रहेको छ । यस्तै, पीएनजी अंक विहीन रहदै पुछारमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्