Logo

शाहरुख खान छोरा आर्यनलाई भेट्न पुगे आर्थर रोड जेल, भेटमा के भने ?



एजेन्सी, ४ कात्तिक । बलिउड सुपरस्टार शाहरुख खान बिहीबार  लागुऔषध मुद्दामा जेलमा रहेका आफ्नो छोरा आर्यनलाई भेट्न मुम्बईको आर्थर रोड जेल पुगेका छन् । उनले भेटमा छोरोसँग २० मिनेट कुराकानी गरे ।

लागुऔषध मुद्दामा फसेका आर्यन खानको धरौटी निवेदन बुधबार एनडिपीएस अदालतले खारेज गरेको छ । आर्यन अझै केही दिन जेलमा बस्नेछन् ।

सेन्सस अदालतले धरौटी निवेदन खारेज गरेपछि आर्यनको वकिलले बम्बे उच्च अदालतमा धरौटी निवेदन दर्ता गरेका छन् । २३ वर्षीय आर्यनसहित क्रुज जहाजमा रहेकाहरुलाई लागूऔषध अनुसन्धान ब्युरोले २ अक्टोबरमा पक्राऊ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्