Logo

जेलभित्र के खान्छन् शाहरुखका छोरा आर्यन खानले ?



एजेन्सी, ४ कात्तिक । लागुऔषध मुद्दामा हिरासतमा रहेका बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले जेलभित्र के खान्छन्, के लगाउछन् सर्वत्र चासोको विषय बनेको छ । आर्यनले जेलभित्र पानीमा बिस्किट डुबाएर खाने गरेको खबर बाहिर आएको छ । कोभिड–१९ को नियम अनुसार ५ दिन क्वारेन्टिनमा बसेका आर्यन अन्य कैदीसँगै बस्दै आएका छन् । सुख सयलको जिन्दगी बिताएका २३ वर्षीय आर्यन अहिले १ सय कैदीसँग सुत्न परेको छ ।

आर्यन जेलभित्र गएपछि एकदिन मात्र चिया पिएको जेलबाट बाहिर आएका कैदीले बताएका छन् । उनको अनुुसार आर्यनले बिस्किट र चिप्स मात्र खाने गर्छन् । उनले बिस्किट पनि पानीमा डुबाएर खाएका छन् । पानी भने सिल्ड बोतलको पिइरहेका छन् ।

बाहिर आएका कैदीको अनुसार आर्यनले जेलबाट दिएको कपडा पनि लगाएका छैनन् । उनले घरबाट पठाइदिएको कपडा मात्र लगाउछन् । उनले आफ्नो पैसाले पानी, चिप्स र बिस्किट मात्र अर्डर गरेर खरिद गर्छन् । जेल प्रशासनले बारम्बार खाना खान आग्रह गर्दा पनि उनले खाना खादैँनन् । आर्यन १ सय जना कैदी भएको ब्यारेकमा बस्छन् । उनले जेलमा कसैसँग पनि कुरा नगर्ने कैदी बताउछन् ।

 



प्रतिक्रिया दिनुहोस्