Logo

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ



सल्यान, ४ कात्तिक । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमती ४२ वर्षीया कली खड्काको हत्या गरेको अभियोगमा कुमाख गाउँपालिका–५ तिमिले बस्ने ४७ वर्षीय कबिराम खड्का मंगलबार राति पक्राउ परेका हुन् ।

घरायसी विवादको कारण मादक पदार्थ सेवन गरी कबिरामले आफ्नै श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्