Logo

‘अफगानिस्तानको अवस्था स्थिर छ, हामीबाट कुनै देशलाई खतरा छैन्’



काठमाडौं, ४ कात्तिक । अफगानिस्तानका अन्तरिम सरकारका उप-प्रधानमन्त्री अब्दुल सलाम हनफीले अफगानिस्तानको अहिलेको अवस्था स्थिर रहेको बताउँदै अफगानिस्तानबाट कुनै देशलाई खतरा नरहेको स्पष्ट पारेका छन् ।

अफगानिस्तानको विषयमा छलफल गर्नको लागि रुसको राजधानी मस्कोमा आयोजना गरिएको बैठकमा हनफीले यस्तो बताएका हुन् ।
‘अफगानिस्तानको अवस्था स्थिर छ र हामीसँग सीमा जोडिएका र टाढा देशलाई पनि कुनै खतरा नरहेको हामी पुष्टि गर्छौं’, उनले भनको विषयलार्य उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेको छन् ।

साथै, उनले अफगानिस्तानको अन्तरिम तालिवान सरकारले अन्तराष्ट्रिय समुदायसमक्ष मान्यता दिन समेत अपिल गरेको छ ।
उनले अहिलेको अफगान सरकार ४० वर्षभन्दा लामो युद्ध र बिनासपछि पहिलो पटक देशका हरेक कुनामा शासनको स्थिरताको रक्षा गर्न सक्षम रहेको समेत बताएका छन् ।

अमेरिकाले सहभागि हुन अस्वीकार गरेको बैठकमा रुस, अफगानिस्तान, भारत, इरान, चीन र पाकिस्तान सहभागी भएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्