Logo

करेन्ट लागेर एकाघरका चार जना गम्भीर घाइते



राजविराज, ४ कात्तिक : राजविराज नगरपालिका–६ करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरका छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण साह सहित उनका ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र १८ वर्षीय भतिजो रक्षित साह घाइते भएका हुन् ।

प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घाइतेको गजेन्द्रनारायणसिंह अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।-रासस



प्रतिक्रिया दिनुहोस्