Logo

मन्त्रिपरिषदमा प्रहरीको रासन भत्ता बृद्धि गर्ने प्रस्ताव पेश गरिदै



काठमाडौं, ४ कात्तिक । प्रहरीको रासन भत्ता बढाउने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पेश गरिने भएको छ । मन्त्रिपरिषद्को अब बस्ने बैठकले निर्णय गरेपछि गत साउन १ गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले बृद्धि भएको रासन भत्ता प्राप्त गर्नेछन् ।

मन्त्रिपरिषद्को बैठकमा पेश गर्न रासन भत्ता सम्बन्धि फाइल स्वीकृत गरेको गृह मन्त्री बालकृष्ण खाँडको सचिवालयले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत बढाउन आर्थिक वर्ष २०७८/०७९ को बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने तयारीमा गृहमन्त्रालय जुटेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्