Logo

आर्यन खान ड्रग्स केसः एनसीबीको टोली शाहरुखको घर ‘मन्नतमा’



एजेन्सी, ४ कात्तिक । भारतीय नारकोटिक कन्ट्रोल एजेन्सीले आर्यन खानको निजि निवास मन्नतमा पुगी खोज तलासी सुरु गरेको छ ।एनसीबीको टोली शाहरुख खानको घर मन्नत पुगेको एक क्यामेरामा कैद गरेको सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ ।

आज दिउँसो एनसीबीले खोज तलासी गर्न मन्नत पुगेको हुन् । उनको केसले बलिउड जगत तातिएको छ । एनसीबीको हातमा केहि कागजात रहेको कारण उनीहरुले उनको घरमा खोजी गर्ने उद्देश्यले आएको जनाइएको छ ।

एनसीबीका अधिकारीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘आर्यन केसको अनुसन्धान जारी छ ।’ आर्यनलाई जमानत दिइएको छैन् । उक्त केसमा अभिनेत्री अनन्या पाण्डेलाई समेत एनसीबीले डाकेको छ । उक्त केसमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्