Logo

भारतमा लगाइयो एक अर्ब डोज कोरोना खोप



काठमाडौँ, ४ कात्तिक। भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानमा सञ्चालनमा सफल हुदै गएको छ । आज बिहीबार भारतमा १ अर्ब डोजभन्दा बढी खोप लगाइएको छ ।

एक अर्ब डोज खोप पूरा भएको अवसरमा बिहीबार भारतका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरिएको छ । भारतीय स्वास्थ्यमन्त्री मनसुख मान्डवीयले दिल्लीस्थित लालकिलामा कैलाश खेरले गाएको गीत सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

भारतले एकैदिन २ करोड ५० लाख डोजभन्दा बढी कोरोना खोप लगाइएको थियो । गत सेप्टेम्बर १८ मा भारतमा एकैदिन साढे २ करोडभन्दा बढी डोज कोरोना खोप लगाइएको थियो । भारत चीनपछि एक अर्ब डोजभन्दा बढी खोप लगाउने पहिलो मुलुक हो । चीनमा भने गत जुनमा एक अर्ब डोजभन्दा बढी खोप लगाइएको थियो ।

कोरोनाविरुद्धको खोप अभियानका बारेमा जानकारी समेटिएको वेबसाइट को–विन डट जीओभी डट आईएनका अनुसार भारतमा ७५ प्रतिशत वयस्क नागरिकले पहिलो मात्रा लगाएको र करिब ३१ प्रतिशतले खोपको दुवै मात्रा लगाएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्