Logo

अफगानिस्तानमा धमाधम आइएस लडाकू पक्राउ



४ कात्तिक : अफगानिस्तानमा धमाधम इस्लामिक स्टेट्स (आइएस) का लडाकूहरु पक्राउ परेका छन् । सरकारी सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २५० लडाकू पक्राउ परेका छन् ।

अफगानिस्तानमा तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपनि अर्को विद्रोही समूह आइएसससँगको द्वन्द्व भने कायमै रहेको छ ।

“पछिल्लो एक महिनामा आइएस समूहसँग सम्वन्धित झण्डै २५० लडाकूलाई सरकारी सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन्,” टोलो न्युज टेलिभिजन च्यानलमा तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिदले भने ।

पक्राउ परेका केही लडाकूसँगै आक्रमणका लागि प्रयोग हुने विस्फोटक पदार्थ तथा हतियारहरु समेत बरामद गरिएको उनको भनाई छ । आइएस लडाकूहरुले अफगानिस्तानमा आक्रमणको तयारी गरिरहेको पनि समाचारमा जनाइएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्