Logo

फिफा वरीयतामा नेपालको स्थान खस्कियो



काठमाडौं, ४ कात्तिक । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले आज (बिहीबार) सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।

यसअघि १ सय ६८औं स्थानमा रहेको नेपाल नयाँ वरीयतामा १ सय ६९औं स्थानमा रहेको छ । हालै मात्र माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपालले इतिहास रच्दै पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो । तर, फाइनलमा नेपाल भारतसँग ३–० गोल अन्तरले स्तब्ध भएको थियो ।

यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् भने नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने ब्राजिल दोस्रो स्थानमा रहेको छ । यस्तै, तेस्रो स्थानमा फ्रान्स, चौथोमा इटाली र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्