Logo

सिके राउतले नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानीका हाकिमलाई हिलो दलेर नगर घुमाएपछि…(भिडियोसहित)



काठमाडौँ, ४ कात्तिक। सिके राउतले नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरु आन्दोलनको नाममा जनकारबाही गरिरहेका छन् । पार्टीका कार्यकर्ताहरुले आन्दोलनको नाममा नेपाल खानेपानी तथा संस्थान जनकपुरका निमित्त प्रमुखलाई कार्यालयबाट निकालेर अर्धनग्न पारेर, हिलो दलेर नगर परिक्रमा गराएका छन् ।

लगातारको वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै उक्त पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेको हो ।

दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि जनमत पार्टीका नेताकार्यकर्ताले लाठी, फराठासहित गुण्डागर्दी शैलीमा खानेपानी प्रमुखलाई जबरजस्ती सडकमा घिसार्दै, लछार्दै–पछार्दै नगरपरिक्रमा गराएका छन् ।

जनकपुरधामको रामानन्द चोकस्थित कार्यालयमा लाठीसहित पुगेका जनमत पार्टीका दर्जनौं कार्यकर्ताले कुशवाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपिट गरेको थियो । उनीहरुले निमित्त प्रमुख कुश्वाहाले लगाएको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलिदिएका थिए ।-Photo Source: Chandan Singh



प्रतिक्रिया दिनुहोस्