Logo

नेप्से आज १४ अंकले घट्दा २ अर्बको कारोबार



काठमाडौं, ४ कात्तिक । साताको कारोबारको अन्तिम दिन आज (बिहीबार) नेप्से उच्च अंकले ओरालो लागेको छ । आज नेप्से १४ दशमलव ७० अंकले घटेर २५ सय ५६ दशमलव ९५ विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ६५ अंकले घटेर ४८३ दशमलव ३९ विन्दुमा रोकिएको हो ।

नेप्सेको अनुसार आज २१६ कम्पनीको ३६ हजार ७ सय ६२ पटक कारोबार भएर २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँ बराबरको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्