Logo

अग्रपङ्क्तिमा खटेका सञ्चारकर्मीलाई मास्क सहयोग



काठमाडौँ, ४ कात्तिक: साइनो नेपाल मिडिया सोसाइटीले अग्रपङ्क्तिमा रहेर काम गर्ने सञ्चारकर्मीलाई मास्क सहयोग गरेको छ । सोसाइटीले आज प्रेस सेन्टरलाई चार हजार ८०० थान र नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखा तथा मध्यपुर सञ्चार समाजलाई एक हजार २०० थान मास्क सहयोग गरेको हो ।

सोसाइटीका अध्यक्ष धु्रव पौडेलले प्रेस सेन्टरलाई पेरिसडाँडा र महासङ्घ भक्तपुर शाखा तथा मध्यपुर सञ्चार समाजलाई थिमीमा पुगेर मास्क प्रदान गरेका हुन् । यसैगरी प्रेस सेन्टरका महासचिव विष्णु सापकोटा र महासङ्घ तथा समाजका लागि मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई मास्क हस्तान्तरण गरिएको थियो ।

प्रमुख श्रेष्ठले सोसाइटीबाट प्राप्त मास्क महासङ्घका अध्यक्ष जगतकृष्ण प्रजापति र समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । महासचिव सापकोटाले कोरोनाको जोखिम कायमै रहेको अवस्थामा अग्रपङ्क्तिमा रहेर काम गर्ने सञ्चारकर्मीलाई मास्क सहयोग गरेकामा आभार प्रकट गरे । सोसाइटीले सञ्चारकर्मीलाई विभिन्न सहयोग गर्दै आइरहेको छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्