Logo

प्रदर्शनको मिडिया कभरेज रोक्न तालिवानले गरे पत्रकारमाथि आक्रमण



४ कात्तिक : काबुलमा महिला अधिकारकर्मीहरुले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिवानले बिहीबार कैयौ पत्रकारहरुमाथि आक्रमण गरेको छ ।शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका महिलाहरुको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्नु भन्ने नारा लगाएका थिए ।

‘हामीसंग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन र बेरोजगारी, गरीबी, भोकले सताएको छ ’ भन्ने लेखिएको प्लेकार्ड ती महिलाहरु बोकेका थिए । तालिवान अधिकारीहरुले ती महिलालाई करिब १ घण्टा ३० मिनेटसम्म स्वतन्त्र रुपमा हिड्न दिएको एएफपी समाचार समिति जानकारी दिएको छ । तालिबान लडाकूहरुले. विदेशी पत्रकारलाई राइफल प्रहार गर्नुको साथै फोटोग्राफरलाई पछाडिबाट लात हानेका बताइएको छ ।

प्रदर्शनकारी आयोजक मध्येकी एक जाहरा मोहम्मदीले एएफपीलाई भनिन् कि महिलाहरु जोखिमको बावजुद मार्चपास गर्दै थिए । तालिवानहरुले स्थानीय पत्रकार, विदेशी पत्रकार र महिलाहरु कसैको पनि सम्मान नगरेको उनले बताएकी छिन् । केटीहरुको विद्यालय जाने अधिकारसमेत तालिबानहरु खोसेको पनि उनले बताएकी छिन् ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्