Logo

पकौडा बनाउँदा–बनाउँदै यी महिलाको ब्रेनको अपरेशन



एजेन्सी, ४ कात्तिक । दिमाग अर्थात ब्रेन शब्द आफैमा संवेदनशिल अंग हो । यसमा थोरै मात्र चोट लागेपनि धेरै गाह्रो हुन्छ । ब्रेनको शल्यक्रिया त झन खतरानाक हुन्छ । बिरामी बाच्ने नबाच्ने कुनै निश्चित हुँदैन् ।

तर, इटलीमा ६० वर्षीया एक बृद्धाले ब्रेनको शल्यक्रिया गराउने क्रममा बेडमा बस्दै पकौडा बनाएकी छिन् । यो घटना अजींडा ओसपेडाली रियुनिटि अस्पतालको हो । न्युरोसर्जरी डिपार्टमेन्ट के डा. रोबर्टो ट्रिगनानीले शल्यक्रिया अगाडी महिलालाई निदाउन नहुने बताएका थिए । ती बृद्ध महिलाले आफुले काम गरेर शल्यक्रिया हुनेमा आश्चर्य देखाउदै पकौडा बनाउने प्रस्ताव राखिन् । अपरेशन साढे २ घन्टासम्म चलेको थियो । उनले अपरेशन अवधिभर ९० वटा पकौडा बनाएकी थिइन् । उनलाई देखेर अस्पतालका स्टाफ पनि दंग परेका थिए ।

डाक्टरको अनुसार बिरामीलाई बेहोस बनाएर अपरेशन गरेमा प्यारालाइसिस हुन सक्ने सम्भावना बारे जानकारी गराएपछि यस्तो तरिका अपनाइएको हो । बेहोश बनाउदा महिलाको ज्यान पनि जान सक्थ्यो । होशमै रहँदा खतरा कम भएको हो । बिरामीलाई अफ्ठेरो नहोस् भनेर पकौडा बनाउने टेबल नजिकै राखिएको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्