Logo

अक्षय कुमार अभिनित चलचित्र ‘सूर्यवंशी’को प्रदर्शन मिति तोकियो



काठमाडौं, ४ कात्तिक । बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘सूर्यवंशी’ को प्रदर्शन मिति तोकिएको छ । अक्षय कुमार र कट्रीना क्याफको मुख्य भुमिका रहेको चलचिल ‘सूर्यवंशी’ नोभेम्बर ५ मा प्रदर्शन हुने भएको हो ।

चलचित्रको निर्देशन रोहित शेट्टीले गरेका हुन् भने निर्माता करण जोहर हुन् । चलचित्र ‘सूर्यवंशी’ को गीत ‘आइला रे आइला’ समेत सार्वजनिक भएको छ । गीतलाई अक्षय कुमारले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सो कुराको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्