Logo

चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन अब चाँडैै खुल्ने



काठमाडौं, ४ कात्तिक । लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन अब खुल्ने भएको छ । कोेरोना महामारीको कारण रोकिएको चालक अनुमतिपत्र लाइसेन्सको आवेदन अर्को साता खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

करीब ५ लाख जनाले परीक्षामा सहभागी हुन आवेदन दिएका छन् । आवेदन खुलाउन प्राविधिक तयारीमा जुटेको विभागले जनाएको छ । विभागले दैनिक कार्यालयको कोटा निर्धारण गरेर आवेदन दिने र क्षमता अनुसारको कोटा तोकेर आवेदन खुलाउन तयारी गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्