Logo

नेपालमा संक्रमणदर घट्दै, आज ५ सय ४५ संक्रमित थपिए



काठमाडौं, ४ कात्तिक। आज नेपालमा कोरोना भाइरसका ५ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ७ हजार ५ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ७ सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८४ हजार ८ सय ८१ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ४ सय ७० र एन्टिजेन विधिबाट ७५ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्