Logo

कोरोनाबाट आज थप ८ जनाको मृत्यु



काठमाडौं, ४ कात्तिक। कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज कोरोना भाइरसका ५ सय ४५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख ७ हजार ५ सय २२ पुगेको हो ।

त्यस्तै, आज ७ सय २६ जना संक्रमणमुक्त भएसँगै हालसम्म  ७ लाख ८४ हजार ८ सय ८१ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्