Logo

बाग्मती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का पाण्डे भावी मुख्यमन्त्रीमा प्रस्तावित



काठमाडौं, ४ कार्तिक । बाग्मती प्रदेशमा विपक्षी गठबन्धनले अबको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने निर्णयगरेको छ । आज (बिहीबार) को प्रदेश सभा बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जमरकट्टेलले यस्तो जानकारी गराएका हुन् ।

उनले गठबन्धनको तर्फबाट साझा उम्मेद्धवारको रुपमा मुख्यमन्त्रीमा पाण्डेलाई प्रस्ताव गर्ने निर्णय भएको जनाएका थिए । सांसद जमरकट्टेलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई राजीनामा दिनसमेत भनेका थिए । आजको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत मागेकी छिन् ।

विपक्षी गठबन्धनले भने मुख्यमन्त्रीमा पाण्डेलाई अघि सारेको छ । तर, पाण्डेलगत्तै कांग्रेसका संसदीय दलका नेता ईन्द्र बानियाँलाई पनि मुख्यमन्त्री बनाईने सहमति भएको चर्चा छ । पाण्डे र बानियाँले आधा आधा समय सरकारको नेतृत्व गर्ने बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्