Logo

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या एक सय नाघ्यो



काठमाडौं, ४ कात्तिक । बाढीपहिरोले देशभर मृत्यु हुनेको संख्या एक सय नाघेको छ । नेपाल प्रहरीका अनुसार आज दिउँसोसम्म मृत्यु हुनेको संख्या एक सय एक पुगेको हो ।

सबैभन्दा बढी प्रदेश १ मा ६० र सुदूरपश्चिममा ३१ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा ७ र बागमती प्रदेशमा १ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ४१ जना वेपत्ता छन् । सबैभन्दा बढी सुदूरपश्चिममा ३१ र प्रदेश १ मा १३ जना वेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ ।

३१ असोजबाट ३ असोजसम्म भएको वर्षाले देशको पूर्वी र पश्चिमी भूभागमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । बेमौसमी वर्षाले भएको क्षति पूर्वानुमान भन्दा फरक थियो ।



प्रतिक्रिया दिनुहोस्