Logo

अष्टलक्ष्मी शाक्यको सत्ता लम्बियो, १० कात्तिकमा विश्वासको मत लिने



काठमाडौं, ४ कात्तिक । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पनि विश्वासको मत लिइनन् । उनको चाहना अनुसार सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मत लिने मिति सारिदिए ।

शाक्यले विश्वासको मत केही दिन पछि लिन चाहेपछि सभामुख श्रेष्ठले १० कात्तिकका लागि मिति तोकिदिए । अब प्रदेश सभाको अर्को बैठक १० कात्तिकका लागि बोलाइएको छ ।

बागमती प्रदेशमा बहुमतका लागि ५५ सांसदको साथ पाउनुपर्नेमा नेकपा एमाले संसदीय दलकी नेता शाक्यको पक्षमा ४३ मत मात्र छ । केन्द्रमा सत्ता गठबन्धन बनाएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एस मिलेमा बहुमत पुग्छ । उनीहरुले बहुमत पुर्याउने निश्चितप्रायः भएपछि शाक्यले सत्ता लम्ब्याउन विश्वासको मत लिने मिति सार्ने गरी रणनीति चालेको विश्लेषण भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्