Logo

चीनको आर्थिक वृद्धिदर किन अविश्वसनीय तरिकाले घट्यो ?



एजेन्सी, ४ कात्तिक । चीनको आर्थिक वृद्धिदर प्रक्षेपण गरेभन्दा कम भएको छ । जुलाई देखि सेप्टेम्बरसम्मको त्रैमासिकको तथ्यांक अनुसार आर्थिक वृद्धिदर ४.९ प्रतिशत मात्र भएको छ । यो निकै सुस्त वृद्धिदर हो र अर्थतन्त्रसम्बन्धी विश्लेषकहरुले अनुमान गरेभन्दा निकै कम हो ।

यसअधिको त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर ८ प्रतिशतको थियो । झण्डै आधा कमले आर्थिक वृद्धिदर यो त्रैमासिकमा सुस्त भएको छ ।

अहिले चीनको आर्थिक वृद्धिदर सुस्त हुनुको कारण खोजी हुन थालेको छ । चीनमा ऊर्जा संकट चुलिएको छ । कोभिड १९ को संकटले पनि चीनलाई असर गरेको छ । विभिन्न उद्दोगहरु धराशायी भएका छन् ।

अहिलेको आर्थिक अवस्था र वृद्धिदर सुस्त हुनुले आगामी वर्षहरुसम्म असर गर्ने आँकलन गरिएका छन् । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो जहाँ केही महत्वपूर्ण चुनौतीहरु देखिएका छन् ।

ऊर्जा संकटले विश्वभर वस्तुको मूल्य वृद्धि भएको छ । यसले चीनको अर्थतन्त्रमा असर परेको छ । भारी वर्षाले कोइला खानीहरुमा बाढी पसेपछि उत्पादन ह्वात्तै घटेको छ । कोइरालाबाट ऊर्जा उत्पादनमा असर परेको छ ।

विद्युत कटौतीले चीनका कतिपय उद्योगहरुमा नकारात्मक असर परेको छ । सबैभन्दा ठूलो असर सिमेन्ट, स्टिल र आल्मुनियम उद्दोगहरुमा परेको छ ।

ठूला प्राविधिक कम्पनि देखि शैक्षिक क्षेत्रसम्ममा नीतिगत असरहरु परेको विश्लेषण भइरहेको छ । चीनका ठूला कम्पनीहरु विभिन्न नीतिगत चुनौतीहरुले समस्यामा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्