Logo

बाबुरामले सेयर गरे ओलीको गिनिज बूक रेकर्ड



काठमाडौं, ४ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका गिनिज बुक रेकर्ड साझा गरेका छन् । हिजोमात्रै ओलीले गिनिज बुक आधा त आफूहरुले गरेको कामले भरिने अभिव्यक्ति दिएपछि बाबुरामले व्यंग्यात्मक रुपमा चित्रण गरेका छन् ।

उनले ओलीका गिनिज बुक पाँच वटा बुँदामा समेटेर उल्लेख गरेका छन् । बाबुरामले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो लेखेका छन्-“ओलीको गिनिज बूक रेकर्ड=१.२/२पटक असंवैधिक ढंगले संसद विघटन र अदालतबाट पुनर्स्थापना;२.संघमा२/३बहुमतको सरकार र ६वटा प्रदेश सरकार गुमाएर सडकमा;३.सरकारी निवासमा विदेशी गुप्तचरसंग घण्टौं कानेखुसी;४.मुखमा कम्युनिष्ट मनमा ठोरीवाला राम;५.हावादारी गफ र उखानटुक्कामा ताली लाउने अरिंगाल सेना!”



प्रतिक्रिया दिनुहोस्