Logo

‘नेपालमा असर गर्ने उल्लेखनीय मौसम प्रणाली छैन’



काठमाडौं, ५ कात्तिक । नेपालमा असर गर्ने उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन पूर्व र पश्चिमको वायु प्रणालीले भारी वर्षा भएपनि अब त्यस्तो कुनै प्रणाली नरहेको महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

अहिले काठमाडौं उपत्यकामा बादलले ढाकेको छ । हल्का वर्षाको सम्भावना देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्