Logo

सातै प्रदेशका कृषिमन्त्रीहरूको बैठकपछि राहतको निर्णय हुन्छः कृषिमन्त्री यादव



काठमाडौं, कात्तिक ५ । कृषिमन्त्री महेन्द्र राय यादवले सातै प्रदेश सरकारसँग धानबालीमा भएको क्षतिको विवरण मागेको र त्यस अनुसार किसानलाई राहतको व्यवस्था गरिने बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कृषि मन्त्री यादवले भने, “जलवायु परिवर्तनका कारण पूर्व र पश्चिममा ठूलो क्षति भएको छ । तत्काल हामी उद्धार, राहत र व्यवस्थापनमा लागेका छौं, प्रधानमन्त्री स्वयं निरीक्षणमा जानुभएको छ । मैले कात्तिक ९ मा सातै प्रदेशका कृषि मन्त्रीहरुको बैठक राखेको छु । क्षतिको तथ्यांक आइसकेपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा यसबारे ठोस निर्णय हुन्छ ।”

मन्त्री यादवले धानबाली कृषकको जीवनसँग जोडिएको कुरा भएकाले प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्ने बताए । उनले थपे, “राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले तीनदेखि पाँच लाखसम्म अल्पकालीन राहत दिने निर्णय पहिले नै गरिसकेको छ । थप राहत, बैंक किस्ता, ऋणको व्यवस्था, मल बीउका सुविधा किसानले पाउँछन् ।”

जनमत पार्टीका कार्यकर्ताले जनकपुरमा सरकारी कर्मचारीलाई अर्धनग्न बनाएर सहर परिक्रमा गरेको सम्बन्धमा कानुनी कारबाही हुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्