Logo

मेरा पिकमा फसेका ५ आरोही तथा पदप्रदर्शकको उद्धार



सोलुखुम्बु, ५ कात्तिक । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले सोलुखुम्बुको मेरा पिक (६,४७० मिटरं) आरोहण गरी फर्कने क्रममा बाटामै फसेकामध्ये चार विदेशी र एक जना नेपाली पथप्रदर्शकलाई उद्धार गरी काठमाडौँ ल्याएको जनाएको छ ।

एनएमएका अध्यक्ष सन्तवीर लामाले एक विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनको खराब मौसमका कारण मेरा पिक आरोहण गरी फर्कने क्रममा बाटामै फसेकामध्ये स्वदेएका हुन् ।

एनएमएबाट आरोहण अनुमति लिएर मकालु एडभेन्चार प्रालिमार्फत आरोहणका लागि गएका उनीहरु सबैको अहिले काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । पिक आरोहण गरी फर्कँदै गर्दा खराब मौसम र ठूलो हिमपातका कारण बाटोमै रोकिएका शेर्पा इभेन्ट्स अर्गनाइजरका सदस्यहरुलाई पनि खोजीका लागि पैदल गएको टोलीले सुरक्षितरूपमा लुक्ला ल्याएको छ ।

यस्तै एड्भेन्चर भिक्टोरी टिममार्फत आरोहणका लागि गएको उक्त टोलीको एक सदस्य छेतेन शेर्पा भने पछिल्लो चार दिनदेखि सम्पर्कविहीन रहेका र एनएमएले सम्बन्धित कम्पनीसँगको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, जिल्ला प्रशासनका कार्यालय सोलुखुम्बु, नेपाल प्रहरी र नेपाली सेनासँगको समन्वयमा खोजी जारी राखेको जनाइएको छ । टोलीनेता नुरु शेर्पा र क्लाइम्बिङ गाइड कामी शेर्पाको नेतृत्वमा उहाँको पैदलयात्रामार्फत पनि खोजी जारी छ । रासस



प्रतिक्रिया दिनुहोस्