Logo

युरोपा कन्फरेन्स लिगः इंग्लिस क्लब टोटेनहम स्तब्ध



काठमाडौं, ५ कात्तिक । युरोपा कन्फरेन्स लिगमा इंग्लिस क्लब टोटेनहम डच क्लब भिटेससँग स्तब्ध भएको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले भिटेससँग १–० गोल अन्तरको हार ब्यहोरेको हो ।

खेलको ७८औं मिनेटमा भिटेसका माक्सिमिलियन विटेकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । जुन गोल जितका लागि निर्णायक भयो । यस जितसँगै समूह ‘जी’मा रहेको भिटेसले ३ खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।
साथै, टोटेनहम ४ अंकका साथ चौंथो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्